साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार अन्तिम समयमा सम्हालिएको छ । कारोबारको अन्तिममा बजार ४.१९ अंकले सकारात्मक हुँदै बन्द भएको हो ।
तीव्र उतारचढाव देखिएको बजार अन्तिममा बढ्न पुग्यो । यस दिनको कारोबारपश्चात् बजार मापक २६३०.७१ विन्दुमा कायम छ ।
पाँच अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार सकारात्मक रहँदा पनि उपसूचक समूहतर्फ चार समूहबाहेक बाँकी राताम्य देखिए । बैंकिङ सेक्टर १.८१, लगानी ०.२७, माइक्रोफाइनान्स ०.१४ र व्यापार समूह २.३१ प्रतिशतले बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ ।






