धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार १५.८३ अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ०.५९ प्रतिशतले वृद्धि भएर २६८३.३४ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यस दिन ६ अर्ब ३४ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबारको तुलनामा सेयर खरिद–बिक्री रकम घटेको छ । आइतबार सात अर्ब ७२ करोड ८८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

फाइनान्स समूहको परिसूचक २.२७ प्रतिशतले बढेको छ । बेस्ट फाइनान्स, सुपर मादी हाइड्रोपावर, कर्पाेरेट डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त वित्तीय संस्था र सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।