मंगलबार नेप्से ५१ अंकले घटेको छ । आज नेप्से ५१.११ अंकले घटेर २७०२. ६५ विन्दुमा बन्द भएको छ ।
आज कुल ३१० कम्पनीका २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४६ करोड ८३ लाख बराबरको कारोबार भएको थियो ।
आज सबैभन्दा बढी एनगाडी पावरको ४६ करोड ६८ लाख ९९ हजार बराबरको कारोबार भएको छ भने एनगाडी पावरकै सबै भन्दा बढी ८ लाख ८८ हजार ३१९ कित्ता शेयर कारोबार भएको छ ।






