नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य घटेको छ।

गत आइतबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो।

बिहीबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ गरी यो पाँच दिनमा सुनको मूल्य प्रतितोला ६ हजार पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।