काठमाडौं : यतिबेला सामाजिक संजाल खोल्ने बित्तिकै एउटा गीत खुब सुनिन्छ। उक्त गीत हो ‘‘गौरी’’ । जुन गीत रिलिज भएको जम्मा केहिदिन भयो। रिलिज भएको छोटो समयमै गीत यसरी चर्चामा आयो कि सबैको जिब्रोमा झुन्डिन सफल भयो।
किरण गौतमको युट्युब च्यानलबाट रिलिज गरिएको यस् गीतलाई यो समाचार तयार पार्दा सम्म १ लाख १४ हजार बढी भ्युज प्राप्त भएको छ। त्यत्तिकै राम्रो प्रतिक्रिया पनि गीतले पाएको छ। अडियोसँगै भिडियो पनि अत्याधिक मन परेको दर्शकको प्रतिक्रिया युट्युबको कमेम्ट बक्समा भेट्न सकिन्छ।गीतका हरेक लाइन स्रोता दर्शकले रुचाएका छन् ।
गीतमा गायक किरण गौतम र शारदा रसाइली को सुमधुर आवाज सुन्न सकिन्छ। गीतको शब्द अनि संगीत पनि किरण गौतमले नै सृजना गरेका हुन् ।
किरण र शारदाको स्वर गीतमा निकै मिठासयुक्त सुनिएको छ। विशेषगरी परम्परागत नेपाली संगीत मन पराउने स्रोता दर्शकको बढी रोजाइमा परेको छ यो गीत।गीतमा किरण गौतमले संगीत दिएका छन्, जसले नेपाली परम्परागत धुनलाई समेटेका छन् ।
सुन्दा गीत जति प्रेमिल अनि मेलोडियस लाग्छ, भिडियो झन आकर्षक लाग्छ। भिडियोमा लोकप्रिय मोडल सुमन कालीकोटे र सुनिता कालीकोटे फिचर्ड छन् ।
भिडियोमा कथा अनि निर्देशन सनिश तिमिल्सिनाको रहेको छ।आकर्षक फ्रेममा सन्तोष तिमिल्सिनाले भिडियो खिच्ने काम गरेका हुन् । भिडियोलाई कल्पेश विश्वकर्माले सम्पादन गरेका छन् । गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ । उक्त गीतको भिडियो किरण गौतमको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुस भिडियो….






