मंगलबार नेप्से परिसूचक ४६ अंकले बढेको छ । आज नेप्से ४६.६९ अंकले बढेर २६९२.०५ विन्दुमा बन्द भएको छ ।

आज कूल ३१९ कम्पनीका एक करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १२ करोड ८२ लाख बराबरको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी समृद्धि फाइनान्सको २४  करोड ७१ लाख ५९ हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी ४ लाख ३० हजार ८५७ कित्ता शेयर कारोबार भएको छ ।