धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार २७.३९ अंकले घटेर बन्द भएको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १.०१ प्रतिशतले घटेर २६६३.३२ विन्दुमा बन्द भएको हो ।

यस दिन कारोबार रकममा पनि कमी आएको छ । चार अर्ब ५९ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फन्ड समूहको परिसूचक स्थिर छ । बाँकी सबै समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.७६ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।