नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य घटेको छ।

सोमबार प्रतितोला पाँच सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला छ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।