काठमाडौं । नवराज हुमागाई- रोयल मुभिज प्रा.लि. र सिन्धुपाल्चोक सेवा समाजको संयुक्त आयोजनामा ज्योति फिल्मस् म्युजिक अवार्ड २०८० को पाँचौ संस्करण केही समय पहिले दुबईमा सम्पन्न भएको थियो । बिबिध कारणले दुबईमा उपस्थित हुन असमर्थ रहेका कलाकारहरुलाई शनिबार नाचघर जमलमा एक कार्यक्रमको आयोजना गरि अवार्ड तथा सम्मान प्रदान गरेको छ ।
आयोजक संस्थाले दुबईमा संकलन गरेको तीस हजार नगद रुकुमका भूकम्प पिडितहरुको लागि सहयोग गरेको छ । सिन्धुपाल्चोक सेवा समाजका प्रकाश पुरी, कल्पना के सि लगायत र रोयल मुभिज प्रा.लिले उक्त रकम उपलब्ध गराएको हो ।
नमोबुद नगरपालिका का मेयर कुन्साङ लामा ज्यु प्रमुख आतिथ्यता र आयोजक संस्थाका अध्यक्ष निरेन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा अवार्ड तथा सम्मान पाउनु हुनेहरुमाः
पावर्ती कार्की – काठे गायिका
राम सुन्दर थामी – काठे नव गायक
रमला पाख्रिन तामाङ्ग – पप गायिका
पक राना मगर – गीतकार (प्रोत्साहन)
सुमन बि.टी. – लोकदोहोरी नव गायक
तेज मान तामाङ्ग – भाषाभाषी (मेन्दोमाया गीतकार)
अरुण कुमार गिरी र विकाश बिश्वकर्मालाई– कला सम्मान
चन्द्र कुमार दोङ्ग – बिशेष सम्मान
सानुकाजी श्रेष्ठ – पत्रकार सम्मान
शिवराम भण्डारी – संचारकर्मी सम्मान
चन्द्रमणी गौतम – संचारकर्मी सम्मान
दिनेश भण्डारी – मोफसल पत्रकार सम्मान
नवराज हुँमागाँई – पत्रकार सम्मान
हनुमान यस्माली (सुदिप) – कला सम्मान
हरि शरण फुयाल – ब्यबसायी सम्मान
जयराज भट्ट – कला सम्मान
सूर्य तामाङ्ख – कला सम्मान
तारकेश्वर लोक खैँजडि भजन समुह – कदर–पत्र
राजन चौलागाँई (खैराँते) – कला सम्मान
रमेश श्रेष्ठ – कला सम्मान
सुष्मा तयामि – फेसन डिजाईनर
रहेका छन् भने अवार्ड बिजेताहरुः
अमृत चापागाँई – भिडियो सम्पादक
अमृत पुडासैनी – काठे नव मोडल पुरुष
बिजय पुन – लोकदोहोरी मोडल
बिक्रम गौतम – मेकअप आर्टिस
बिनोद सुन्दास – भिडियो निर्देशक
गणेश सेञ्चुरी – लोकदोहोरी गायक
गंगा राम राई – भिडिया छायाँकार
कल्पना पराजुली – लोकदोहोरी गायिका (जुरी)
भ्याली कोल्ड स्टोर – सम्मान पत्र
करिष्मा ढकाल – मोडल महिला
कृष्ण दोङ्ग तामाङ्ग – भाषभाषी (सेलो पप गायक)
एलिना चौहान – आधुनिक गायिका
कृष्ण रसाल – नृत्य निर्देशक रहेका छन् । त्यसैगरी निर्णायकहरुमा अर्जन पाण्डे, गिता भटटराई, राजु शर्मा, राकेश सोनी, उत्साह घिमिरे रहेका थिए ।






