सरकारले कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले कृषि मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरिएको बताएका हुन् ।
यसैगरी, अर्थमन्त्री पुनले कृषि परियोजनालाई २ खर्ब ९८ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताए । उनका अनुसार फलफूल खेती प्रवर्द्धनका लागि १ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।






