साताको अन्तिम कारोबार दिन बिहीबार सेयर कारोबार रकम बढेको छ । अघिल्लो दिन ३ अर्ब ७० करोडको कारोबार भएकोमा आज ४ अर्ब २३ करोडको भयो । नेप्से परिसूचक भने जम्मा ०.७९ अंक बढ्यो । आजको बजार २०१८ अंकमा बन्द भयो ।
१०३ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो भने ३ को स्थिर रह्यो । यस दिन माइक्रोफाइनान्स समूहमा उत्साह देखिएको छ । सो समूह ३.८ प्रतिशत बढ्यो । त्यस्तै अन्य समूह ०.२२ प्रतिशत बढ्दा अरु सबै घटे । बैंकिङ ०.२२, विकास बैंक १.०७, फाइनान्स १.४५, होटल तथा पर्यटन ०.८२, हाइड्रोपावर ०.४५, जीवन बीमा ०.४४, उत्पादन ०.४३, निर्जीवन बीमा ०.८५ र व्यापार समूह ०.७९ प्रतिशत बढे ।
४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।






