नेप्से परिसूचक सोमबार करिब २४.३९ अंकले बढेर १ हजार ९ सय ९८.६९ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो १.२३ प्रतिशतले बढी हो । पछिल्ला तीन कारोबार दिन यता नेप्से लगातार बढिरहेको छ । सोही क्रममा सोमबार पनि नेप्सेले सोही प्रवृति पछ्याएको हो ।

नेप्से परिसूचक बढेसँगै सोमबार कारोबार रकम पनि अघिल्लो दिनको भन्दा बढेको छ । सोमबार ४५ हजार ८ सय २८ पटकको कारोबारबाट ९५ लाख ४१ हजार १७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ३ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत आइतबार र ३ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।