मंगलबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

सोमबार प्रतितोला दुई सय रूपैयाँ बढेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।

सोमबार प्रतितोला १६ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १६ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।