साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदी घटेको छ।

अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको सुनको भाउ मूल्य यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार प्रतितोला १६ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १६ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।