नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ।

अघिल्लो दिन प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १६ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।