नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ।

अघिल्लो दिन स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३४ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३३ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १६ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला २० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २२ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।