लगानी सम्मेलनको दुई दिन आइतबार र सोमबार नै नेप्से सूचक वृद्धि भएको छ । तेस्रो लगानी सम्मेलनको पहिलो दिन आइतबार १४.३३ अंकमाथिले नेप्से बढ्दै १९८०.२७ विन्दुमा उक्लिएकोमा सोमबार झिनो अंक (०.०७ अंक) ले बढ्दै १९८०.३४ अंकमा उक्लिएको हो ।

सोमबार अघिल्लो दिनको भन्दा २७ करोड ६८ लाख ७२ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार रुपैयाँ बराबरको ७३ लाख ४१ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको हो ।

अघिल्लो दिन १४.३३ अंकले नेप्से बढेको बजारमा २ अर्ब ६८ करोड २५ लाख ८६ हजार रुपैयाँ बराबरको ६८ लाख ७८ हजार कित्ता सेयर कारोबार भएको थियो ।