नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ सयले घटेर १ लाख ३५ लाख ८०० मा कारोबार भइरहेको छ । तेजावी सुन तोलाको १ लाख ३५ हजार १५० मा कारोबार भएको छ ।

यता, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १ हजार ४१९ मा कारोबार भइरहेको छ । हिजो चाँदी तोलाको १ हजार ६७० मा कारोबार भएको थियो ।