नयाँ वर्ष २०८१ को पहिलो कारोबार दिन सेयर बजार झिनो अंकले घटेको छ । २.३५ अंकले घट्दै नेप्से २०२३ अंकमा अडेको छ । कुल ३ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार भयो । यद्यपि अधिकांश कम्पनीको सेयर मूल्य भने बढेको छ ।
१२७ कम्पनीको मूल्य बढ्दा १०८ को घट्यो भने १० को स्थिर रह्यो । बढेकाभन्दा घटेका कम्पनीको पुँजीकरण रकम उच्च हुँदा नेप्से घटेको हो ।






