Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १०.७१ अंकले घटेर दुई हजार २५.३० को विन्दुमा कायम भएको हो

आज विभिन्न कम्पनीका ८६ लाख ९६ हजार ९१८ कित्ता शेयर ६१ हजार ४२० पटक खरिद बिक्री हुँदा ३ अर्ब ४८ करोड ५६ लाख ६०  हजार ६४० दशमलव  ३२ मा कारोबार भएका छन् ।

उत्पादन तथा प्रशोधन समूह ०.१३ र व्यापार समूह १.४६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै वित्त समूह २.५० प्रतिशतले घटेको छ।

बैंकिङ ०.०३, विकास बैंक १.२५, होटेल तथा पर्यटन १.६७, जलविद्युत् ०.०४ र लगानी ०.४० प्रतिशतले घटेको छ । त्यसैगरी जीवन बिमा समूह १.२५, लघुवित्त १.१५, म्युचुअल फन्ड ०.७३, निर्जीवन बिमा समूह १.०४ र अन्य समूह ०.४४ प्रतिशतले घटेको छ।