काठमाडौं, मंसिर १५ – जनरेशन जेड आन्दोलनका शहीद परिवारहरूले आज प्रधानमन्त्री सुशीला कार्कीलाई सिंहदरबारमा भेटेर १४ बुँदे मागपत्र तत्काल कार्यान्वयन गर्न कडा चेतावनी दिएका छन्।

भेटमा शहीद परिवारले भने, “निर्वाचनको नाममा माग बिर्सने हो भने फेरि सडक तताउँछौं। दमनकारीहरूलाई कारबाही र भ्रष्टाचारको छानबिन नभएसम्म चुप लागेर बस्दैनौं।”

प्रधानमन्त्री कार्कीले शहीद परिवारको पीडा बुझेको र मागहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्ने आश्वासन दिइन्। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र मुख्यसचिव सुमनराज आर्याल पनि छलफलमा सहभागी थिए।

शहीद परिवारले अब आश्वासन होइन, ठोस काम हेर्न चाहेको स्पष्ट पारेका छन्।