काठमाडौँ, मंसिर ५  (२०८२) । काठमाडौँ महानगरपालिका वडा नं. १५, बिजेश्वरी, दल्लुमा अवस्थित श्री गीतामाता माध्यमिक विद्यालयमा कक्षा १० (SEE) का विद्यार्थीहरूलाई भावुक विदाई गरिएकाे  थियाे । विद्यालयको आयोजनामा सम्पन्न भएको विदाई कार्यक्रममा शिक्षकहरू, अभिभावकहरू र विद्यालय परिवारले भाइवहिनीहरूलाई आँसु झार्दै सफल भविष्यको शुभकामना दिएका थिए ।

विद्यालयका व्यवस्थापन समितिकका अध्यक्षता तथा माहानगर १५ का वडा अध्यक्ष । श्री इश्वर मान ड‍‌‍‌‍‌‍‍‍‍‍‍‍‍‍‍‍गाेल कार्यक्रमकाे प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

शिक्षक–विद्यार्थीबीचको भावुक क्षणले सबैलाई छोयो । principal श्री हरिकृष्ण श्रेष्ठ भावुक हुँदै भन्नुभयो, “यति वर्षसम्म सँगै पढायौँ, खेलायौँ । अब उहाँहरू नयाँ यात्रामा जान लाग्नुभएको छ, मन अमिलो भयो ।” एक विद्यार्थीले आँसु पुछ्दै भनिन्, “यहाँको शिक्षा र माया सधैँ सम्झनेछु । Future SEE परीक्षा राम्रो होस् र प्लस टु मा नयाँ भर्नामा सफलता प्राप्त होस् भन्ने कामना गर्दछै ।”

अध्यक्षज्यूले मन्तव्य राख्दै SEE उत्तीर्ण विद्यार्थीहरूलाई शुभकामना दिँदै भन्नुभयो, “यो विदाई होइन, नयाँ यात्राको सुरुवात हो । विद्यालयले दिएको ज्ञानलाई जीवनमा उपयोग गर्नुहोस् । तिमीहरू गीतामाताको गौरव हौ ।”

२०१७ सालमा स्थापित यो ऐतिहासिक सामुदायिक विद्यालयले हरेक वर्ष SEE विदाईलाई विशेष महत्वका साथ मनाउँदै आएको छ । यस वर्षको कार्यक्रम पनि अत्यन्त यादगार बनेको विद्यालय परिवारले जनाएको छ ।

उक्त कार्यक्रमकाे सन्चालन vice principal श्री राम प्रसाद देवकोटाले गर्नु भएकाे थियाे भने स्वागत मन्तव्य प्रधानाध्यापक श्री हरिकृष्ण श्रेष्ठले गर्नुभएको थियो।

उक्त कार्यक्रमकाे रिपोर्टिङ देव संचार अनलाइन न्यूज टिमले गरेको थियो तथा देव अधिकारी (देव सर) youtube channel ले कार्यक्रम उत्पादन गरिएकाे थीयाे ।

देव संचार मिडियाले ४ जीपीए ल्याउन सफल विद्यार्थी प्रितम श्रेष्ठ र पूर्वशिक्षक श्री विष्णु प्रसाद पौडेल तथा केही अन्य विद्यार्थीहरूसँग पनि अन्तर्वार्ता लिएको थियो।

कार्यक्रममा शिक्षकहरू र अभिभावकहरूले विद्यार्थीहरूलाई आशीर्वाद दिँदै सफलताको कामना गर्नुभएको थियो । विदाईको अन्त्यमा सबैले समूह फोटो खिचे र मायाको चिनो आदानप्रदान गरे ।