रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान विद्यालयले आफ्नो एक शिक्षकलाई अनैतिक गतिविधिमा संलग्न भएको भन्दै सेवामुक्त गरेको छ। पछिल्लो समय ‘जेनजी आन्दोलन’ अन्तर्गत भाटभटेनी सुपरमार्केटमा भएको तोडफोड र सामान लुटपाटको घटनामा संलग्न देखिएका शिक्षक शिवशङ्कर शुक्ला कारबाहीमा परेका हुन्। मङ्गलबारको प्रदर्शनका क्रममा आईसक्रिम बोकेको तस्बिर सामाजिक सञ्जालमा फैलिएपछि विद्यालय प्रशासनले आचरण संहिता उल्लङ्घन भएको ठहर गर्दै उनलाई हटाएको हो।