President Donald Trump speaks at a dinner in the Rose Garden of the White House, Friday, Sept. 5, 2025, in Washington. (AP Photo/Alex Brandon)

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने जी–२० शिखर सम्मेलनमा आफू सहभागी नहुने घोषणा गरेका छन्। उनको सट्टा उपराष्ट्रपति जेडी भान्सले अमेरिका प्रतिनिधित्व गर्ने वासिङ्टनले जानकारी दिएको छ। ट्रम्पले सन् २०२६ मा मियामी नजिकै रहेको आफ्नै ट्रम्प नेसनल डोरल गल्फ क्लबमा जी–२० सम्मेलन आयोजना गर्ने तयारी भइरहेको पनि उल्लेख गरेका छन्। यद्यपि, उनले उक्त सम्मेलनबाट व्यक्तिगत रूपमा कुनै आर्थिक फाइदा नलिने स्पष्ट पारेका छन्। यसअघि पहिलो कार्यकालमा जी–७ सम्मेलनको आयोजना पनि डोरल रिसोर्टमै गर्ने योजना उनले अघि सारेका थिए, तर त्यसले निजी लाभ हुने भन्दै संविधान विपरीतको आलोचना भएपछि त्यो योजना त्यागिएको थियो।