आज भदौ कृष्ण औँसीका दिन, नेपाली साहित्यमा शृङ्गार रसको बीजारोपण गर्ने युवाकवि मोतिराम भट्टको १६०औँ जन्मजयन्ती देशैभरि साहित्यिक श्रद्धा र सम्मानका साथ मनाइँदैछ। १९२३ सालमा जन्मी केवल ३० वर्षको छोटो आयुमा १९५३ सालमै दिवंगत भएका मोतिरामले नेपाली साहित्यमा इतिहासमै अमिट छाप छोडेका छन्।
उनले पहिलोपटक आदिकवि भानुभक्तको जीवनवृत्त प्रकाशमा ल्याउँदै साहित्यिक इतिहास निर्माण गरे, र छापाखाना स्थापनाजस्ता क्रान्तिकारी कार्यमार्फत नेपालमा आधुनिक साहित्यिक चेतनाको सूत्रपात गरे। जन्म र मृत्यु दुबै कुशे औँसीमा भएको उनको जीवन यात्राले नेपाली साहित्यमा एक प्रेरणादायी अध्याय थपेको छ।






