बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले गाजा युद्ध चाँडै अन्त्य नहुँदा सेप्टेम्बरमा प्यालेस्टाइनलाई औपचारिक रुपमा मान्यता दिने तयारी गरिरहेको घोषणा गरेका छन्। युद्धविराम, मानवीय सहायता र शान्ति प्रक्रिया अगाडि बढाउने शर्तहरू राख्दै बेलायतले नयाँ कदम चाल्ने तयारीमा छ। यस घोषणा पछि इजरायली प्रधानमन्त्री नेतन्याहूले यसको कडा आलोचना गरेका छन् भने हमासले पनि युद्धविराम र बन्धक मुक्तिको माग दोहो¥याएको छ। यता, संयुक्त राष्ट्रसंघले गाजामा गम्भीर मानवीय सङ्कटको अवस्था र भोकमरी फैलिएको चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय स्तरमा प्यालेस्टाइनलाई मान्यता दिने देशहरूको संख्या बढ्दै जाँदा उक्त क्षेत्रीय संघर्ष समाधानमा नयाँ मोड आउने अपेक्षा गरिएको छ।






