डेनमार्कमा सम्पन्न १४ वर्षमुनिको डाना कप फुटबल प्रतियोगितामा नेपाली टिमले ऐतिहासिक सफलता हासिल गरेको छ। गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपाल मिलेर बनेको संयुक्त नेपाली टोलिले उपाधि उचालेको हो।

शनिबार सम्पन्न फाइनल खेलमा नेपाली टोलीले केन्याको टिममाथि प्रभावशाली ३–० को जित निकालेको थियो। निर्णायक खेलमा रिहान बुढा मगर, नोआ राई र अरणिस गुप्ताले एक–एक गोल गरेका थिए।

यसअघि सेमिफाइनलमा नेपाली टोलीले यूएईको आईएफए स्पोर्टसलाई पनि ३–० ले हराउँदै उपाधि नजिक पुगेको थियो। प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रमाणित गरेका छन्।

यो जितसँगै नेपाली उमेर समूहको फुटबलले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय उपस्थिति जनाएको छ।