काठमाडौँ – यू-२० साफ महिला च्याम्पियनशिप को रोमाञ्चक फाइनल जस्तै हुने अन्तिम खेल आज हुँदैछ, जहाँ नेपाल र बङ्गलादेश उपाधिको लागि भिड्दैछन्। खेल बङ्गलादेशको बसुन्धरा स्पोर्ट्स कम्प्लेक्समा नेपाली समय अनुसार बेलुकी ६:४५ बजे सुरू हुनेछ।

हालसम्मको अंक तालिकामा बङ्गलादेश पाँचै खेल जितेर १५ अंकसहित अग्रस्थानमा छ भने नेपालले ४ जित र १ हारका साथ १२ अंक जोडेको छ। नेपालले उपाधि हात पार्न आजको खेल जीत्नैपर्ने दबाबमा छ, जबकि बङ्गलादेश बराबरीमा पनि च्याम्पियन बन्न सक्छ।