तेलको भाउमा सहजता : पेट्रोल पाँच, डिजेल र मट्टीतेल एक रुपैयाँ सस्तो

काठमाडौं उपभोक्तालाई थोरै भए पनि राहत दिने गरी नेपाल आयल निगमले इन्धनको मूल्यमा कटौती गरेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको हो।

यसअनुसार, अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गका क्षेत्र (चालआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा प्रतिलिटर १५७.५० रुपैयाँ, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १५९ रुपैयाँ, र तेस्रो वर्ग (काठमाडौं, पोखरा, दिपायल) मा १६० रुपैयाँ तोकिएको छ।

त्यस्तै, डिजेल र मट्टीतेलको नयाँ मूल्य क्रमशः पहिलो वर्गमा १४५.५० रुपैयाँ, दोस्रो वर्गमा १४७ रुपैयाँ र तेस्रो वर्गमा १४८ रुपैयाँ कायम गरिएको छ। इन्डियन आयल कर्पोरेसनबाट प्राप्त संशोधित मूल्यको आधारमा समायोजन गरिएको निगमले जनाएको छ।