२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले बङ्गलादेशसँग कडा प्रतिस्पर्धा गरे पनि अन्तिम क्षणको गोलले हार बेहोर्नुपरेको छ। बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा सम्पन्न खेलमा नेपाल ३–२ ले पराजित भयो। खेलको दोस्रो हाफमा नेपालले दुई गोल गर्दै २–२ को बराबरीमा ल्याएको थियो तर निर्धारित समयको अन्त्यतिर बङ्गलादेशले निर्णायक गोल गर्दै जित सुनिश्चित गर्‍यो। चार टोली सहभागी डबल राउन्ड रोबिन प्रारूपमा जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा भूटानलाई ६–१ ले पराजित गरेको थियो। अब नेपालले भोलि श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ, जसलाई बङ्गलादेशले अघिल्लो खेलमा ९–१ ले हराएको थियो।