नेपाल अडिटर्स एसोसिएसनको सातौँ राष्ट्रिय महाधिवेशन २०८२ साल जेठ १७ गते सफलतापूर्वक सम्पन्न भएको अवसरमा, उपत्यकाबाट प्रतिनिधित्व गर्दै निर्वाचित केन्द्रिय पदाधिकारीज्यूहरू, सदस्यज्यूहरू तथा उपत्यका र उपत्यका प्रदेशका सल्लाहकारज्यूहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्ने कार्यक्रम आज मिति २०८२ साल आषाढ २६ गते बिहीबार दिनको ४:०० बजेबाट सुरु भएको थियो।
कार्यक्रम सञ्चालन उपत्यका प्रदेश कार्यसमितिका सचिव श्री सनुबाबु परियारज्यूले गर्नुभएको थियो।
यस कार्यक्रममा प्रमुख अतिथि आदरणीय केन्द्रिय अध्यक्ष श्री बद्रीप्रसाद भट्टराईज्यू हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रूपमा वरिष्ठ उपाध्यक्ष डा. डोलप्रसाद दाहालज्यू हुनुहुन्थ्यो तेसैगरी उपाध्यक्ष, उपमहासचिव, सल्लाहकार, सदस्यज्यूहरू तथा विभिन्न विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।







