शिक्षा र प्राविधिक क्षेत्रको सशक्त प्रतिनिधित्व गर्दै आउनुभएका देव अधिकारीज्यू, जो “Dev sir dev adhikari” नामक युट्युब च्यानलका प्रस्तोता तथा www.devsanchar.com media channel का प्रधान सम्पादकसमेत हुनुहुन्छ, गीतामाता कम्युनिटी कलेजका अध्यक्ष तथा सञ्चारकर्मी देव अधिकारीज्यूले हालै गीतामाता सेकेन्डरी स्कूलका उप-प्रधानाध्यापक रामप्रसाद देवकोटा ज्यूसँग एक विशेष अन्तर्वार्ता लिनु भएको थियो।

उक्त अन्तरवार्तामा उप-प्रधानाध्यापक देवकोटाज्यूले विद्यालयको प्राविधिक शिक्षामा देखिएको उत्कर्ष, सिभिल इन्जिनियरिङ्ग कार्यक्रमको सफल कार्यान्वयन र विद्यार्थीहरूलाई दिइँदै आएको गुणस्तरीय शिक्षाबारे महत्वपूर्ण धारणा राख्नुभएको थियो।

Brain memory and motivation” को सम्बन्धमा देव अधिकारीज्यूले उप-प्रधानाध्यापकज्यूसँग जिज्ञासा राख्दा, उहाँले सकारात्मक सोच, नियमित अभ्यास र व्यवहारिक शिक्षाले स्मरणशक्ति अभिवृद्धि गर्दै विद्यार्थीमा दीर्घकालीन प्रेरणा जगाउने स्पष्ट र सशक्त उत्तर दिनुभयो।

शिक्षा क्षेत्रमा योगदान पुर्‍याइरहेका व्यक्तित्वहरूलाई उजागर गर्दै समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले तयार पारिएको यो अन्तर्वार्ता विशेषगरी युवापुस्तालाई उत्प्रेरित गर्ने खालको रहेको छ।

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।