कतारस्थित नेपाली दूतावासले इरानद्वारा अमेरिकी सैन्य अड्डामा गरिएको हवाई आक्रमणपछि त्यहाँ रहेका नेपालीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। पछिल्ला घटनाक्रमले सुरक्षा चुनौती बढेको भन्दै दूतावासले कतारमा बसोबास तथा कार्यरत नेपाली नागरिकलाई कतार सरकारका आधिकारिक सूचना र निर्देशनलाई मात्र भरोसा गर्न आग्रह गरेको छ। त्रासदीबीच करिब साढे तीन लाख नेपालीको सुरक्षाप्रति चिन्ता व्यक्त गरिएको छ भने शान्तिपूर्ण रूपमा बस्न अपिल गरिएको छ।






