काठमाण्डौ – रोयल च्यालेन्जर्स बेङ्गलुरुले चेन्नई सुपर किङ्ग्समाथि रोमाञ्चक २ रनको जित निकाल्दै आईपीएल अंकतालिकाको शीर्ष स्थान कब्जा गरेको छ। २१४ रनको लक्ष्य पछ्याउँदै चेन्नई २११ रनमै रोकिएको हो। आयुष म्हात्रेको ९४ र जडेजाको अविजित ७७ रन पनि हार टार्न पर्याप्त बनेन। यसअघि कोहली, बेथेल र शेफर्डको आक्रामक ब्याटिङले बेङ्गलुरुलाई बलियो स्कोरमा पुर्‍याएको थियो। चेन्नईको यो हारसँगै टोली तालिकाको अन्तिम स्थानमा झरेको छ।