काठमाण्डौ – पूर्वी नवलपरासीको दाउन्ने खण्डमा खसेको सुक्खा पहिरोले अवरुद्ध भएको नारायणगढ–बुटवल सडक खण्ड आज बिहान ५ बजेदेखि पुनः सञ्चालनमा आएको छ। विनयी त्रिवेणी गाउँपालिका–२ मा हिजो बायाँपट्टि पहिरो खस्दा यात्रु तथा सवारीसाधन घण्टौँ अलपत्र परेका थिए। जिल्ला प्रहरी कार्यालयका अनुसार तत्कालै पहिरो पन्छाउने काम गरिएर केही समय एकतर्फी रूपमा आवागमन गराइएको थियो भने अहिले सडकमा आवतजावत सामान्य अवस्थामा फर्किएको छ। सडक विस्तारका कारण रातको समयमा नियमित रूपमा यातायात रोकिँदै आएकोमा, यसपटकको प्राकृतिक अवरोधले थप समस्या निम्त्याएको थियो।






