आईपीएलको अत्यधिक रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले सुपर ओभरमा राजस्थान रोयल्सलाई पराजित गर्दै महत्वपूर्ण दुई अंक बटुलेको छ।

दिल्लीले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा १८८ रन बनाएको थियो। जवाफमा राजस्थानले पनि निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै समान १८८ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो।

सुपर ओभरमा राजस्थानले ५ बलमा २ विकेट गुमाएर ११ रन मात्र बनाउन सक्यो। जवाफी ब्याटिङमा दिल्लीले ४ बलमै लक्ष्य पूरा गर्दै सनसनीपूर्ण जित हात पारेको हो।

यो जितसँगै दिल्लीले ६ खेलमा ५ जितसहित १० अंक बनाउँदै तालिकाको शीर्ष स्थान कब्जा गरेको छ। भने, राजस्थानले ७ खेलमा पाँचौं हार व्यहोर्दै केवल ४ अंकमा सीमित रहँदै आठौं स्थानमा खुम्चिएको छ।

आईपीएलमा आजको खेलमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद आमनेसामने हुँदैछन्।