नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ।

बुधबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ यस दिन प्रतितोला दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँ किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २८ सय ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।