एनसीसी भनेको कन्ट्रि च्याप्टरहरु हुन् । ति भनेका सम्बन्धित देशको कानुन अनुसार दर्ता भएका हुन्छन्, त्यो स्वायत्त (अटोनमस) हो । काठमाडौंमा दर्ता भएको एनआरएनएका लागि लुज नेटवर्क मात्र हो । एनआरएनएले एनसीसीलाई कन्ट्रोल गर्न खोजिएको छ, यो जायज होइन् ।
डा.शेष घले
पूर्वअध्यक्ष एनआरएनए
एवम
संयोजक–एकता महाधिवेशन उच्च स्तरीय समिति
एनआरएनएलाई प्रजातान्त्रिकरण गर्ने र सुधार गर्ने बाटो एकताको महाधिवेशन नै हो ः डा.शेष घले
एनआरएनएलाई वैधानिक रुपमा लयमा फर्काउने मेरो प्रयास हो, सहयोगका लागि अपिल गर्दछु ः
डा.शेष घलेले गैरआवासीय नेपाली संघ(एनआरएनए) आईसीसीमा सन् २०१३ देखि दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । संघभित्र सन् २०२१ सम्पन्न १० औं महाधिवेशनबाट विवाद देखिदैं आएर ११ औं महाधिवेशनमा आइपुग्दा संघ विभाजित अवस्था पुगेपछि सर्वोच्च अदालतको आदेश र परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार डा.घलेलाई
एनआरएनएका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको कार्यकाल अझै ६ महिना जति बाँकी छ । मे महिनामा महाधिवेशन भयो भने उनीहरुको कार्यकाल के हुन्छ ?
एनसीसी भनेको कन्ट्रि च्याप्टरहरु हुन् । ति भनेका सम्बन्धित देशको कानुन अनुसार दर्ता भएका हुन्छन्, त्यो स्वायत्त (अटोनमस) हो । काठमाडौंमा दर्ता भएको यो एनआरएनएको लुज नेटवर्क मात्र हो । काठमाडौंमा दर्ता भएको एनआरएनएले एनसीसीलाई कन्ट्रोल गर्न खोजिएको छ, यो जायज होइन् । म के भन्छु भने गर्न सकिन्छ भने अप्रिल १५ सम्म एनसीसीले अधिवेशन गरुन्, यो वाध्यकारी होइन् । एनआरएनएको अधिवेशन गर्न एनसीसीको अधिवेशन जरुरी पर्दैन तर आपसी समझदारी एवम सल्लाह चाहीं हुनुपर्छ । परम्परा चाहीं के छ भने एनसीसीपछि आइसीसीको महाधिवेशन गर्ने छ, त्यो भएको भए अझ राम्रो ।
बद्री केसी समूहले केन्द्रिय कार्यालयबाटै आफ्नो काम गरि रहेको छ । केन्द्रको कोष खर्च गरि रहेको छ । त्यो कानून सम्मत छ कि छैन ?
सुरुदेखि हाम्रो मिसन भनेको हस्तक्षेप गर्ने होइन । सचिवालय चलाउने, आर्थिक कन्ट्रोल गर्ने र शासन चलाउने होइन् । सामाजिक संस्था भएकाले खर्च पारदर्शी रुपमै भइरहेको होला । कम्पनी वा राजनीतिक संस्था भएको भए कुरा फरक हुन्थ्यो होला । हुनत हामीलाई आर्थिक स्रोत नहुँदा केही समस्या भइरहेकै छ । यस्तोबेला केही सहायता जुटाएर काम गर्न सकिन्छ भनेर लागिरहेका छौं । मेरो कार्याकालमा हेडक्वाटर बनाउन धेरै दुःख भएको छ, रातरात खटेका छौं । भवन बनाएर हस्तान्तरण गरेका छौं । हेडक्वाटर जाँदा उहाँहरु ताला लगाएर हिड्नु भएपनि मलाई धेरै कन्सर्न छैन । हेडक्वाटर मात्र होइन नेपाली डायस्पोराले धेरै काम गर्न सक्छ र गर्न बाँकी छ ।






