शेयर बजारमा यो साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।
नेप्सेका अनुसार बिहीबार परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ को विन्दुमा सीमित भएको छ।
बिहीबार ३०८ कम्पनीको एक करोड ५७ लाख २३ हजार ३७९ कित्ता शेयर ७३ हजार ३०९ पटक खरिदबिक्री हुँदा सात अर्ब ३० करोड ५३ लाख ४२ हजार ५८१ रुपैयाँ बराबरको कारोबार भएको छ।






