धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४९.१२ अंक बढेर बन्द भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको हो ।

सोमबार नेप्से परिसूचक १.८९ प्रतिशतले बढेर २,६४०.६८ विन्दुमा बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

आइतबारको तुलनामा सेयर कारोबार रकम एक अर्ब ४४ करोड ५२ लाख रुपैयाँले बढी हो ।

आज २२६ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । १२ कम्पनीको सेयरमूल्य घटेको छ । चार कम्पनीको सेयरमूल्य भने स्थिर छ ।