सेयर बजार परिसूचक नेप्से आज ३६ अंकले घटेको छ । खुलेदेखि नै ओरोला लागेको बजार अन्त्यमा ३६.३२ ले घटेर बन्द भएको हो ।
बजार घटेसँगै समग्र बजार मापक २,५७३.२६ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
यो साता ३६ अंकले नेप्से घटेको बजारमा कूल ९ अर्ब ४९ करोड ५२ लाख १२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकिङ समूहतर्फ ३९ करोड ३८ लाख ७२ हजार २८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने यो साता होटल तथा पर्यटन समूहको उपसूचकको कारोबार पनि १० करोड १२ लाख १ हजार ४१३ रुपैयाँ बराबरको कारोबार भएको छ । ।






