र नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।
बिहीबार नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६ विन्दुमा पुगेर रोकिएको हो ।
अघिल्लो कारोबार दिन बुधवार नेप्से परिसूचक २.९५ अंकले घटेको थियो।
बिहीबार कारोबार रकम भने बुधबारको तुलनामा सीमान्त रूपमा बढेर ४ अर्ब ७६ करोड पुगेको छ ।
यो साता समग्रमा सेयर परिसूचक ८६ अंकले घटेको छ, यो ३ दशमलव २ प्रतिशतको गिरावट हो ।
अघिल्लो बिहीबार बजार २६८२ अंकमा बन्द भएको थियो ।
बिहीबार कारोबारमा आएका सबै परिसूचकहरू घटेका छन् । सबैभन्दा उच्च दरले ट्रेडिङ इन्डेक्स २ दशमलव ७३ प्रतिशतले घटेको छ।
कारोबारमा आएका कम्पनीहरूमध्ये सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेर ३३२७ अंक पुगेको छ । सबैभन्दा धेरै घटेको नारायणी विकास बैंकको सेयर मूल्य ९ प्रतिशतले घटेर १३०१ मा आइपुगेको छ ।






