चालु आर्थिक वर्ष २०८१/८२ को चार महिनाको अवधिमा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ९.१ प्रतिशतले बढी हो ।

नेपाल राष्ट्र बैंकको साउन–कार्तिकको अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ५ खर्ब ६८ अर्ब २६ करोड पुगेको छ ।

चार महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ४७ हजार ४७८ छ । यही अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ रहेको छ ।