पछिल्लो पाँच कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने उच्च अङ्कको वृद्धि देखिएको छ ।

आज नेप्से परिसूचक ४५ दशमलव ८८ अङ्कले बढेर दुई हजार सात सय १५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ७१ प्रतिशतको वृद्धि हो । परिसूचक बढेपनि कारोबार रकम भने रु पाँच अर्बमा खुम्चिएको छ ।

आज तीन सय आठ कम्पनीको एक करोड १३ लाख ८६ हजार आठ सय ५४ कित्ता शेयर ५६ हजार तीन सय ५० पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब पाँच करोड छ लाख ५४ हजार चार सय ५० बराबरको कारोबार भएको छ ।