Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

आइतबार ४५.९३ अंक र सोमबार १२.८४ अंक गरी यो दुई दिनमा नेप्से ५८.७७ अंक घटेको हो।

आज २६७६.१५ विन्दुमा बन्द भएको छ।

यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात् आइतबार सात अर्ब ४६ करोडको सेयर कारोबार भएकोमा सोमबार पाँच अर्ब ६२ करोडको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ।

यस दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशतले बढेको छ।