काठमाडौं । वायु प्रदूषणको समस्या वर्षेनी बढ्दो छ । यो समस्या जाडोमा झनै बढ्छ । वायु प्रदूषणबाट विशेषगरी काठमाडौं उपत्यकाबासी हैरान छन् । वायु प्रदूषण नेपालमा मात्र नभइ विश्वमा तिब्र रुपमा बढीरहेको विज्ञहरु बताउँछन् ।

काठमाडौंमा वायु प्रदूषण बर्खामा कम र जाडोमा बढी हुने गरेको वातावरण विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछाने बताउँछन् । पानी पर्दा वायूमण्डलमा भएको प्रदूषण पखालिन्छ । तर जाडोमा पानी कम पर्ने र अन्य कारणले वायु प्रदूषण बढ्छ ।

खासगरी वायु  प्रदुषण हिउँद याममा बढ्ने गरेको उनको भनाइ छ । नेपाल न्यूज बैंकले गरेको कुराकानीमा उनले विशेषगरी कार्तिकपछि वायू प्रदुषण बढ्न थालेको बताए ।

उनले प्रदुषण चिसोले गर्दा पुस–माघसम्म धेरै हुने गरेको बताए । साथै चैत–बैशाखमा समेत आगलागीका घटना र वनडढेलोका कारण पनि वायु प्रदुषण बढ्दै  जाने बताए । खासगरी काठमाडौंमा दशैंपछि र तिहार भन्दा केही अगाडिबाट वायु प्रदुषण बढ्न थालेको बताए । उनले अलिकति शनिबार र  बिदाको समयमा वायु प्रदुषण घट्ने गरेको बताए ।

उनले भने, ‘विशेषगरी वायु प्रदुषण हिउँद याममा बढ्छ । कार्तिकपछि बढ्न थालेको छ । पुस माघसम्म चिसोले गर्दा वायु प्रदुषण बढ्छ । फेरी चैत–बैशाखमा आगलागीका घटनाहरु र वन क्षेत्रमा लाग्ने डढेलोलगायतका घटनाहरुले पनि चैत–बैशाखमा प्रदुषण उच्च हुने जोखिम हुन्छ ।’

यसैगरी पानी पर्न थालेपछि मनसुनको समयमा वायु प्रदुषण कम हुने गरेको उनको भनाइ छ । मुख्यतया सहरी क्षेत्र काठमाडौं र त्यसबाहेक ठूला ठूला सहरहरु पोखरा, र तराइमा बढी प्रदुषण हुने गरेको उनले बताए ।

उनले भने, ‘पानी पर्न थालेपछि मनसुनको समयमा वायु प्रदुषण कम हुनेगर्छ ।  मुख्यतया नेपालको  सन्दर्भमा सहरी क्षेत्र काठमाडौं उपत्यका भइ नै  हाल्यो, त्यसबाहेक ठूला ठूला सहरहरु पोखरा र तराइ बढी प्रदुषण हुने क्षेत्रमा पर्छन् । पश्चिम तराइको तुलनामा पूर्वको तराइमा प्रदुषण अझ बढी हुने गरेको विगतका तथ्यांकहरुले देखाएको छ ।’

साथै एक्यूआइको स्केल शून्यदेखि पाँचसयसम्म हुन्छ । जसमा शून्यदेखि ५० सम्म एक्युआइ छ भने त्यो वातावरणको लागि राम्रो मनिने तथा ५० देखि एकसयको एक्यूआइ मध्यम स्तरको मनिन्छ । साथै एकसय भन्दा माथी जतिपनि बढ्दै जान्छ त्यती नै  प्रदूषणको तह उच्च हुँदै जाने बताए । एकसयदेखि  १५० को  संवेदनशिल वर्गको  लागि  हानिकारक मनिन्छ ।  तीनसय भन्दा माथि एक्यूआइ गयो भने त्यो अवस्था खतरनाक नै मानिने उनको भनाइ छ ।