काठमाडौं। डिजिटल माध्यमका बहुआयामिक पक्षबारे छलफल गर्न आइतबारदेखि काठमाडौँमा शुरु भएको तीन दिने ‘डिजिटल राइट्स फेस्टिवल’ सोमबार विभिन्न विषयमाथि वहस हुँदैछ ।
डिजिटल फ्रिडम कोलिसनको आयोजना र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको संयोजनमा भएको फेस्टिवलको उद्घाटन राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले गरेका हुन ।
उद्घाटन शत्रलाई सम्बोधन गर्दै बिष्टले संविधानले प्रत्याभूत गरेका ब्यक्तिको अधिकारहरुलाई इनटरनेटका माधमबाट कसरी सुरक्षित गर्ने भन्ने विषयमा बहस हुनुपर्ने आवश्यकता औंल्याए।
ब्यक्तिको डाटालाई सुरक्षित राख्दै इन्टरनेटको प्रयोगलाई व्यापक र ब्यवस्थित बनाइनु पर्ने भन्दै उनले नियामक निकायले स्वतन्त्रताको हकलाई जोगाउनेतर्फ सोच्नुपर्नेमा जोड दिए।
मगरले पछिल्लो समय मिसइन्फर्मेसन र डिसइन्फर्मेसन व्यापक बढेको भन्दै ब्यक्तिको अधिकारलाई सुरक्षित गरेर त्यस्ता कुरालाई
कानुनद्वारा रोकथाम गर्न सकिने बताए। फेस्टिवलमा झन्डै एक दर्जन प्यानल छलफल हुने तय भएको कोलिसनका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए।
फेस्टिभल अन्तर्गत सामाजिक सञ्जाल सम्बन्धी प्रस्तावित कानुनी व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास, नेपालको चुनौतीहरू, एआइको अवसर र सम्भावना, इन्टरनेट माध्यममा महिला, बालबालिका र अपाङ्गता भएका ब्यक्ति लगायत विभिन्न समुदायकाको अधिकारका विषयमा छुट्टाछुट्टै छलफल हुने कार्यतालिका छ।
उनले आगामी निर्वाचनमा सामाजिक संजाल र ईन्टरनेटको प्रयोगबाट हुने प्रचारप्रसार बढ्ने बताउँदै सोसल मिडिया प्लेटफर्म नै बिभाजित बनेर आउने सम्भावना भने रहेको बताए।
सोही प्यानल डिस्कसनमा सहभागी नेकपा एमालेकी सचेतक सुनिता बरालले डीजिटल फ्लेटफर्मको प्रयोगले समस्यासमेत बढाएको पाइएको भन्दै सचेतना बढाउनु पर्ने बताइन। ‘डिजिटल प्लेटफर्ममा आएका सबै सामग्री ठिक छन त’, अहिलेकै अवस्थामा
ठिक छैनन, त्यसलाई नियन्त्रणमा राख्न सचेतना बढाउने नै हो,’ उनले भनिन।
उनले इन्टरनेटमो माध्यमबाट चलाइने ब्यक्तिगत संजाल्लाई सामाजिक संजाल भन्ने कि डिजिटल प्लेटफर्म भन्ने भन्ने विषयमा समेत बहस हुनुपर्ने बताइन।
बरालले डिजिटल माध्यमबाट हुने आर्थिक कारोबारमासमेत बेलाबेला प्रश्न उठ्ने गरेको र ब्यवस्थित तरिकाबाट भुक्तानी हुन नसकेकाले डिजिटल भुक्तानीमा गुनासो आइरहेको बताइन।
रुपमा कार्यरत डा.सालिग्राम पराजुलीले देशमा जुनसुकै नीति बनाउँदा पनि स्थायित्व हुने गरि बनाइनुपर्ने बताए। उनले संचार मन्त्रालयले इन्टरनेटको माध्यमलाई ब्यवस्थित बनाउने गरेर काम गरिरहेकोसमेत बताए।
अर्का प्यानलिस्ट इन्जिनियर दिपेश बिष्टले नेपालभरमा अहिले डिजिटल रुपमा आर्थिक कारोबार राम्रो भैरहेको भन्दै अब नेपालले डाटा एक्सेस प्लेटफर्ममा काम गर्नु पर्ने आवश्यकता रहेको औंल्याए । उनले ग्लोबल डिजिटल कम्प्याक्टबाट अघि बढ्नुपर्ने भन्दै अरुको डाटा प्रयोग गर्न उनको सहमति लिनै पर्ने ब्यवस्था हुनु पर्नेमा जोड दिए।
तीन दिनसम्म चल्ने फेस्टिवलमा आइतबार नै अन्य प्यानल डिस्कसनहरुसमेत आयोजना गरिएको थियो। फेस्टिवल अन्तर्गत सोमबार र मंगलबारसमेत विभिन्न क्षेत्रमा कार्यरत ब्यक्तिहरुसँग प्यानल डिस्कसन हुनेछ। फेस्टिवलमार्फत डिजिटल माध्यमको
प्रयोग र ब्यवस्थापनका सवालमा नयाँ अवधारणा प्रस्तुत गर्ने आयोजक संस्थाले लक्ष्य राखेको छ।






