साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज परिसूचक चार दशमलव ९८ अंकले बढेर दुई हजार सात सय ५३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ ।
आज विभिन्न कम्पनीका तीन सय २६ कम्पनीको दुई करोड ४४ लाख २६ हजार नौ सय कित्ता शेयर एक लाख १३ हजार दुई सय ५२ पटक खरिदबिक्री हुँदा रु ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार नौ सय चार बराबरको कारोबार भएको छ ।
नेप्से सामान्य अंकले बढे पनि तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। उन्नति सहकारी लघुवित्त वित्तीय संस्था,स्वावलम्बन लघुवित्त वित्तीय संस्था, अपर हेवाखोला हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो ।
माण्डू हाइड्रोपावरको ९.७१ प्रतिशतले बढ्दा बराही हाइड्रोपावर पब्लिकको ९.२९ प्रतिशतले बढ्यो। यसदिन दुईवटा कम्पनीका लगानीकर्ताले भने सर्वाधिक गुमाए। समृद्धि फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका हुन् । ती कम्पनीको सेयर १० प्रतिशतले घट्यो।
आज कारोबारमा आएका १४५ कम्पनीको मूल्य बढ्दा ९२ वटाको घट्यो। बाँकी ६ कम्पनीको मूल्य भने घट्यो।
४५ करोड बढी मूल्यको कारोबार गरी नगदी ग्रुप शीर्षस्थानमा रह्यो। यसैगरी समृद्धि फाइनान्सको ४१ करोड,जानकी फाइनान्सको ३५ करोड,सिंगटी हाइड्रोपावरको ३४ हरोड र नेपाल फाइनान्सको २३ करोड बराबरको सेयर कारोबार भयो।






