नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ ।
आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९५ करोड ३९ लाख बराबरको कारोबार भएको थियो ।
आज सबैभन्दा सीइबीडी हाइड्रोको ३४ करोड १७ लाख ९७ हजार बराबरको कारोबार भएको छ भने हिमालय उर्जा विकासको सबै भन्दा बढी ६ लाख ९७ हजार ९१६ कित्ता शेयर कारोबार भएको छ ।






