नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

आज सुन प्रतितोला एक लाख ७० हजार सात सय रूपैयाँ पुगेको छ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई हजार दुई सय रूपैयाँ बढी हो।

बुधबार चाँदीको मूल्य पनि बढेको छ।

चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय २० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।